इलामको तिल्केनीमा अटो दुर्घटना, चालकको मृत्यू


इलाम, ४ फागुनः इलामको तिल्केनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार साँझ ८  बजेको समयमा जिल्ला इलाम नगरपालिका ७ तिल्केनि मोड स्थित मेची राजमार्गमा इलाम बजारबाट गोलाखर्क तर्फ जादै गरेको मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई बाटो देखि अः१५ मिटर तल झरी दुर्घटना हुदा अटो चालक जिल्ला ईलाम ईलाम नगरपालिका ९ बस्ने २० वर्षका अबिकल सुन्दास धाईते भई इलाम अस्पतालमा उपचार लागी ल्याईएकोमा सो अस्पतालमा उपचार हुन नसकी प्राथमिक उपचार गरी थप उपचारको लागी सोही राति चालक अबिकल सुन्दासलाई नोवेल बिराटनगर अस्पताल लैजादै गर्दा निज चालकको बाटोमा मृत्यु भएको थियो ।  अहिले शव जिल्ला अस्पताल इलामको शवगृहमा राखिएको, अटो घटना स्थलमानै रहेको र थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलाममले जानाएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment