राहसल बाल गृहमा सरस्वती पुजा मनाए अमर माविका विद्यार्थीहरुले



इलाम, ४ फागुनः इलाम नगरपालिका बरबोटे स्थित अमर माध्यमिक विद्यालयका कम्प्युटर इन्जिनियरिङ कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले इलाम नगरपालिका ९ मा अवस्थित राहसल बाल गृहमा सरस्वती पुजा मनाएका छ्न । उक्त गृहमा  रहेका १५ जना बालबालिकाहरुलाई आजको खाना आफै बनाएर तयार गरी भोजन गराउनका साथै विविध स्टेसनरी सामान वितरण गरेका थिए । उक्त संस्थाका अध्यक्ष राजेन्द्र चौहानको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । करिब ११ हजार रुपैंयाँ बराबरको सहयोग गरेको विद्यार्थीहरुले उक्त रकम विद्यालयमा नै संकलन गरेका हुन । मंगलबार दिनभर नै अमर माविका विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमका समेत आयोजना गरिएको थियो । आगामी दिनमा यस्ता सामाजिक कामलाइ निरन्तरता दिने विद्यार्थीले बताएका छन् ।


त्यस्तै मलेसियामा कार्यरत इलामेलीहरुको संस्था प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाको चौधौ वार्षिक उत्सवको अवसरमा इलाम रहेको राहसल बाल आश्रम र माई भगवती बृद्धाश्रमलाई नगद दश दश हजार रुपैंयाँ उपलब्ध गराएको छ । संस्थाका सदस्य योगेन घिमिरेको अनुसार विदेशमा रहेर पनि यसरी इलामको सामाजिक कार्यमा सहयोग गर्न पाउँदा आनन्द लागेको बताएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment