पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विराेधमा अनेरास्ववियूकाे प्रदर्शन, आयल निगम घेराउ गर्दै

काठमाडौं, ५ फागुन । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिरहेकाे छ ।

काठमाडौंको रत्नराज्य क्याम्पस र मित्रपर्कस्थित पशुपति क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।

गत माघ २८ गते बुधबार मात्रै नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फेरि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment