इलामको समालवुङमा श्रीमतीको हत्या गरी श्रीमान फरार


इलाम, ३ फाल्गुनः इलामको सूर्योदय नगरपालिकाको समालवुङमा एक महिलाको हत्या भएको छ । आफ्नै  श्रीमतीको  हत्या गरी श्रीमान फरार भएका छन् । सूर्योदय नगरपालिका वा नं ५ गोरखका २६ बर्षिय दिनेश तामाङ्ग आफ्नै २२ बर्षिय श्रीमती गिता तामाङ्गलाईको हत्या गरी फरार रहेको प्रहरीले जानकारी गराएको छ ।  राती आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमती माथि दाउराको चिरपट प्रहार गरी  हत्या गरेको मृतकका दाजु राजेस कार्कीले बताए।

घटना लगत्तै स्थानियले सक्त घाईते गितालाई फिक्कल स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीले रातीनै मृत घोषणा गरेको थियो । शवको पोष्टमाटम हुन बाँकी छ । घटनास्थलमा पुगेको प्रहरी टोलिले मुचुल्का तयार गरेको छ । मृतकको शरिरभरि निलडाम रहेको र टाउकोमा गहिरो चोट देखिएको जिल्ला प्रहरी कार्यलय इलामका सूचना अधिकारी प्रहरी उपरीक्षक लालध्वज सुबेदीले बताए ।

स्थानीयका अनुसार सधै जसो मादक पदार्थ सेवन गर्ने गरेका दिनेशले श्रीमतीसँग झगडा गरिरहन्थे ।’ मृतक गिताका ६ बर्षिय छोरा  र ३ बर्षीय छोरी रहेका छन् ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment