महमाई गोल्डकप : आजबाट क्वाटरफाइनलका खेलहरु शुरु हुँदै


इलाम, ३ फाल्गुनः इलामको माई नगरपालिका–७ मा जारी महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकप अन्र्तगत आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुदैछन् । कप्परसुका खेल मैदानमा पहिलो क्वाटरफाइनलमा आयोजक ए ले पलाँसेको सामना गर्नेछ । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा आयोजक बी र याक्थुङहाङ अर्जुनधारा झापाबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्र्तगत प्रि–क्वाटरफाइनलको अन्तिम दिनको खेलमा लक्ष्मी चोक, माईकिनार र कट्टेलटार बिजयी भएका छन् । आइतबारको पहिलो खेलमा लक्ष्मी चोकले बाइएफसी महमाईलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयमा गोल हुन नसकेपछि निर्णयको लागि पेनाल्टी सुटआउट रोजिएको थियो ।

दोश्रो खेलमा जोरखोलालाई १–० ले हराउँदै माईकिनारले समेत क्वाटरफाइनलमा स्थान बनायो । तेश्रो खेलमा शिवपोखरीलाई २–१ ले हराउँदै कट्टेलटार क्वाटरफाइनल पुग्यो । गत माघ २२ गतेबाट जारी प्रतियोगितामा पुरुष तर्फ इलाम र झापाका ३२ टिमको सहभागिता रहेको थियो ।

महिला तर्फ १२ टिमको सहभागिता रहेको छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते सम्पन्न हुने प्रतियोगिताको पुरुष तर्फको बिजेता र उपविजेताले क्रमश ३१ हजार र १५ हजार प्राप्त गर्नेछन् । महिला गोल्डकपको बिजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैया प्राप्त गर्ने जनाइएको छ । तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सहआयोजना रहेको प्रतियोगिताको संविधानसभा सदस्य एवम जनजाति महासंघका निवर्तमान अध्यक्ष नगेन्द्रकुमार कुमाल संरक्षक रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment