लागू औषध (खैरो हेरोईन) सहित इलाम देउमाइका रमेश अधिकारी पक्राउ


इलाम, २२ माघः इलामको दानबारीमा प्रहरीले लागु औषध (खैरो हेरोइन) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला देउमाई नगरपालिका ३  वस्ते रमेश अधिकारी रहेका छन् । अधिकारीको साथबाट ४५० मिलिग्राम लागू औषध (खैरो हेरोइन) बरामद गरेको छ । सथै उनले प्रयोग गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । 

अधिकारीलाई सोमबार माई नगरपालिका  ४ लखनचोक स्थितमा सवारी साधनहरु चेकजाँचको गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गर्दा पक्राउ गरेको हो । अधिकारीले प्रयोग गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल र लागु औषध बरामद गरी कानून बमोजिम पकृया पुरा गरी बरामद गरेको सामन र पक्राउ परेका निज रमेश अधिकारीलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरीकार्यालय इलामका सूचना अधिकारी प्रहरी नयाव निरिक्षक लालध्वज सुवेदीले जानकारी गराए ।   


  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment