नेकपा प्रचण्ड–नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडतालको घोषणा, परीक्षा नरोकिने


काठमाडौं, २१ माघ । प्रतिनिधिसभा बिघटनबिरुद्ध आन्दोलन गर्दै आएको नेकपा पुष्पकमल दाहालप्रचण्ड र माधवकुमार नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामाा बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले बिहीबार आमहड्ताल आह्वान गरिएको जानकारी दिनुभयो ।

भुषालले विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताउनुभयो । त्यस्तै यसअघि तय भएको परीक्षालाई भने नरोकिने उहाँले जानकारी दिनुभयो ।

काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै देशव्यापी आमहड्तालको घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

संविधान मिच्दै संसद बिघटन गरेका प्रधानमन्त्रीले पछिल्लो समय थप संविधानमाथि प्रहार हुने काम गरेकाले कडा संघर्षमा जाने निर्णय भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक एव नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानून र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फाँसीवाद लाद्न लागिपरेको आरोप लगाउनुभयो ।

श्रेष्ठले सरकारको फाँसीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताउनुभयो । आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको उहाँले बताउनुभयो ।

श्रेष्ठले प्रधानमन्त्री ओली समूहको २३ गतेको आमसभासँग आफ्नो पार्टीले घोषणा गरेको आमहड्तालको कुनै सम्बन्ध नभएको तर्क गर्नुभयो ।

प्रवक्ता श्रेष्ठले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको जानकारी दिनुभयो । श्रेष्ठले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment