ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटीमा रिहा


काठमाडौं, २१ माघ । सरकारी तथा सार्वंजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड धरौटीमा रिहा भएका छन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको र उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर पछि रिहा गरिएको विशेष अदालतले जानकारी दिएको छ ।

गुरुङलाई धरौटीमा छाड्न न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment