बसको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु



झापा, २० माघ ।
 पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पु¥याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । -रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment