भारतले बाटो विस्तार गर्ने क्रममा दार्चुलाको माल्पामा महाकाली थुनियो, सतर्क रहन आग्रह


काठमाडौं, २० माघ । छिमेकी राष्ट्र भारतले बाटो विस्तार गर्ने क्रममा दार्चुलाको माल्पा भन्ने ठाउँमा महाकाली नदी थुनिएको छ । बाटो विस्तार गर्ने क्रममा ठूलो मात्रामा ढुंगा, बालुवा तथा गिट्टी नदीमा खस्दा दार्चुलाको माल्पास्थित महाकाली नदी थुनिएको हो ।

भारतीय पक्षले त्यहाँ पहरो भत्काउन ब्लाष्ट गरेको हुनसक्ने आशंका गरिएको छ । नेपालपट्टि दार्चुलाको ब्यास गाउँपालिका–२ नम्बर वडामा उक्त पहिरो खसेको हो । उक्त पहिरोले पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको बताइएको छ ।

यसरी महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै नदी आसपासका क्षेत्रमा सतर्कता बढाउन अनुरोध गरेको छ ।

प्रशासनले साँझ सूचना जारी गर्दै भनेको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको जानकारी हुन आएकोले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको लागि सूचना प्रकाशित गरिएको छ ।’

त्यस्तै, सम्भावित क्षतिलाई मध्यनजर गरी कञ्चनपुर प्रशासनले विपद् व्यवस्थापनको टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment