इलामको माइजोगमाइमा हाइड्रोले बनाएको खाल्डोमा पौडीखेल्ने क्रममा डुबेर दाजुभइको मृत्यु


इलाम, २० माघः इलमको माइखोलामा पौडी खेल्ने क्रममा दुइजनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिका ५ निवासी दाजुभई रहेका छन् । साविक सोयाङ निवासी डम्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको माइखोलाको अठ्ठारेमा माइवेनी हाइड्रो पावरले बनाएको खोला भित्रको खाल्डोमा  डुवेर मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा भाई डुवे पछि वचाउन जाँदा दाजुको पनि डुवेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको सहयोगमा खोलाबाट शव निकोलर अहिले इलाम अस्पतालमा पोषमाटको लागि शव राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment