इलामको माङ्सेवुङमा वेवारीसे पुरुषकाे शव फेला, अझै पहिचान हुन सकेन


इलाम, २० माघः इलामको इलामको माङ्सेवुङमा वेवारीसे पुरुष  शव फेला परेको छ । आइतबार  माङ्सेवुङ गाउँपालिका वडा नम्वर ६ मावाखोला स्थित किनारमा अपरिचित पुरुष मानिसको बेवारीसे मृत लाश छ भन्ने खबर माङ्सेवुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्षले टेलिफोन मार्फत जानकारी गराउन साथ तत्काल ईलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट प्रहरी निरिक्षको कमाण्डमा र जिल्ला प्रहरी कार्यायलय इलामबाट  खटीएको  प्रहरी टोलीले  कानूनी प्रकृया पुरा गरी मृतकको शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल झापामा पठाईएको थियो । 

उक्त मृतकको शव  सम्म सनाखत हुन नसकी सोही अस्पतालको शव गृहमा राखिएको हुँदा हुलिया परीपत्र गरी आवश्यक सहयोग गरी दिनु हुन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । साथै निजको आफन्त फेला परेमा जिल्ला प्रहरी कार्यालय इलाम तथा ईलाका प्रहरी कार्यालय दमक झापामा सम्पर्कगर्नुहुन पनि अनुरोध गरेको छ ।

हुलियाः

हेर्दा तराइबासी जस्तो देखिने, उमेर अन्दाजी बर्ष ६० देखि ६५ को, सेतो कमिज, कालो जम्पर, कम्मर देखि तल कपडा नभएको, दाह्री कपाल लामो सेतो फुलेको, सेतो रंगको धोती चाहिँ अन्दाजी ३० मिटर पर खोलामा भेटिएको, अनुहार तथा शरिरको भागमा किरा औँसा परि सडिगलेको ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment