प्रचण्ड-नेपाल पक्षद्वारा तेस्रो र चौँथो चरणको आन्दोलन घोषणा

काठमाडौँ, २ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो र चौथो चरणको आन्दोलन एकैचोटी घोषणा गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले तेस्रो र चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् फागनु ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने समितिले जनाएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार दोस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विरोध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता नेकपाभित्रैबाट असन्तुष्ट समूहले विरोध गर्दै आएको छ । वैधानिक रुपमा अलग नभइसके पनि नेकपा प्रचण्–प्रचण्ड माधव समूहले प्रधानमन्त्रीको उक्त असंवैधानिक रहेकाले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको हो ।
न्युज२४नेपालबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment