जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प


एजेन्सी, १ फागुन । जापानमा आज शनिबार पूर्वी समुद्री तटमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यहाँका स्थानीय समय दिउँसको ११ बजेर ८ मिनेटमा उक्त भूकम्प गएको जनाइएको छ।अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमाको प्रशान्त महासागरमा ५४ किलोमिटरको गहिराईमा भूकम्पको केन्द्र विन्दु रहेको थियो। भूकम्पको कारणले फुकुशिमा आणविक प्लान्टमा कुनै क्षति भएको छ कि छैन भनेर अनुसन्धान गरेको जनाइएको छ । अनुसन्धानमा त्यहाँ कुनै प्रकारको क्षति नपुगेको बताइएको छ ।

राजधानी टोकियोदेखि देशको दक्षिणपश्चिमी भागमा पनि भूकम्पको झटकको महसुस भएको समचार एजेन्सीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment