नेपाल बाल संगठन जिल्ला कार्य समिति इलामको सभापतिमा नवराज शंकर


इलाम, ३० माघः नेपाल बाल संगठन जिल्ला कार्या समिति इलामको सभापतिमा नवराज शंकर निर्वाचित भएका छन् । आज इलाममा भएको जिल्लासभाबाट शंकरको सभापतित्वमा ८ सदस्य समिति चयन भएको हो । विगत लामो समय देखि नेपालमा नेपाल बाल संगठनको साधरण सभा तथा अधिवेशन नहुँदा केन्द्रमा ३० वर्ष देखि  एक जनाकै नेतृत्वमा बाल संगठन रहँदा निष्कृय जस्तै बनेको थियो । सरकारले पुरानो समिति खारेज गरेर अधिवेशन गराउने गरि नवराज शंकरको संयोजकत्वमा समिति गठन गरेको थियो र सो समितिले शुक्रबार जिल्ला सभा गराई नेतृत्व चयन गरेको हो । 

जिल्ला सभाबाट नवराज शंकरको नेतृत्वमा सदस्यहरु भक्त थामी, प्रमिला तामाङ, रुद्र थेबे, सारदा पराजुली, चन्द्रकला तामाङ, अर्जुन योङहाङ, सिर्जना पोख्रेल रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment