प्रतिगमन विरुद्ध इलाममा कार्यकर्ता प्रशिक्षण हुँदै


इलाम, २४ माघः  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र तानासाहा कदम जननिर्वाचित प्रतिनिधिसभा विगटन गरे पछि प्रतिगमन विरुद्ध पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितीमा नेकपाको प्रशिक्षण कार्यक्रम हुँदैछ । बरिष्ठ नेता खनाल सहित पुर्व गृह एवं उर्जा मन्त्री पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा, पुर्व प्रदेश अर्थमन्त्री एवम केन्द्रिय सदस्य इन्द्र आङ्बो र केन्द्रिय सदस्य एवम इलाम इन्चार्ज धिरेन्द्र शर्माले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नेछन् ।

गौतम बुद्ध सभागृह (सिटीहल) मा हुने प्रशिक्षणमा जिल्ला कमिटी, प्रतिनिधि अथा प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी , जन बर्गिय संगठनको जिल्ला कमिटी, पार्टीको स्थानीय तह कमिटी तथा वडा कमिटी कार्यालय टिमका सदस्यहरुको लगायतको सहभागिता रहनेछ । आज कार्यक्रममा हल भित्र र बाहिर गरि करिब ११ सय इलामका अगुवा कार्यकर्ताको सहभागिता रहनेछ । नेपालको संविधानको मर्म र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीबाट मिति २०७७ पुस ५ गतेको जननिर्वाचित प्रतिनिधिसभाको विघटन असंबैधानिक, अलोकतान्त्रिक, प्रतिगामनकारी तथा जनताको जनभावना विपरित कदम भएको ठहरकासाथ आज सिंगो मुलुक आन्दोलित छ । 

सार्वभौमसत्ता सम्पन्न जनताको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिकतासहितको नागरिक अधिकारहरू र लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिहरू समेत धरापमा पर्ने गरी नेपालको संविधानमा हुँँदै नभएको ब्यवस्था विपरित संसद्को बिघटन गर्ने कदमका विरुद्ध र संसद पुनःस्थापनाका पक्षमा आजको कार्यक्रमले जागरण श्रजना गर्दै असल कम्युनिस्ट पार्टी निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्ने नेकपा इलामले जनाएको छ । यस भन्दा अगि नेकपा इलामले आन्दोलन र संघर्षका कार्यक्रम सगै स्थानीय तह र वाडाको भेला गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment