महासंघको निर्वाचनमा अध्यक्षको लागि प्रेस संगठन इलामले तिम्सिनालाई अघि सार्‍यो



इलाम । नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनमा अध्यक्ष पदका लागि प्रेस संगठन इलामले सुजन तिम्सिनालाई अघि सारेको छ । संगठनको दोश्रो जिल्ला भेलापछि बसेको पहिलो बैठकले महासंघको इलाम अध्यक्षको रुपमा तिम्सिनालाई अघि सारेको हो ।

प्रेस संगठनको प्रदेश सचिव समेत रहेका तिम्सिना हाल नेपाल पत्रकार महासंघ इलाम शाखाको उपाध्यक्ष समेत रहेका छन् । संगठनका सचिव नमिन ढकालले प्रेस विज्ञप्ती जारी गर्दै महासंघको नेतृत्वको चयनका लागि अन्य पत्रकारजन्य संघ र संगठनलाई सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन् ।

निर्वाचनका लागि सम्वाद र सहकार्यका निम्ति प्रेस संगठनका जिल्ला संयोजक रमेश पराजुलीको संयोजकत्वमा प्रदेश कमिटी सदस्य राजकुमार दहाल, जिल्ला सह–संयोजक बुद्धमाया सोङ्मी र जिल्ला सचिव नमिन ढकाल सदस्य रहेको वार्ता एवम संवाद समिति समेत निर्माण गरेको छ । समितिले अन्य संगठनहरुसंग चरणवद्ध छलफल गरेर सहकार्यको माध्यमबाट नयाँ नेतृत्व चयनका लागि पहल गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment