ग्लोवल आईएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा


इलाम, २२ फागुनः इलाम नगरपालिका १ नेपालटारमा ग्लोबल आईएमई बैंक इलाम शाखाले शुक्रबार  एक औपचारिक कार्यक्रम गरि शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । इलाममा सञ्चालनमा आएको यो शाखा रहित बैंकिङ्गसेवा दोस्रो हो देशै भरिमा यो २४६ औँ  शाखारहित बैंकिङ्ग सेवा हो ।  

उक्त शाखारहित बैंकिङ्ग कार्यालयका स्थानिय प्रतिनिधि शेर बहादुर बस्नेतको अध्यक्षता र कार्यबाहक वडाध्यक्ष खड्ग बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ग्लोबल आईएमई बैंक लि इलाम शाखा प्रबन्धक पिताम्बर खड्काले शाखारहित बैंकिङ्ग कार्यालयबाट प्राप्त गर्न सकिने सेवा सुबिधाको बारेमा जानकारी दिएका थिए ।  

स्थानीय ब्यापारी, कृषक, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधीको उपस्थिती रहेको उक्त कार्यक्रममा उधोग वाणिज्य संघ ईलामका सचिव श्री बहादुर बिष्ट लगायत बिभिन्न ब्यक्तित्वहरुले शुभकामना दिएका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment