मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान


एजेन्सी, २२ फागुन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स् यान पहिलो पटक गुडेको छ ।यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो । सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको जनाइएको छ । बीबीसीका अनुसार एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

वैज्ञानिकहरूले दुई सातामा उक्त यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । यानले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्ने जनाइएको छ । ।

खोजका लागि यानले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment