काेराेनाबाट विराटनगरमा थप दुई जनाको मृत्यु


विराटनगर ।
 विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार राति उपचारको क्रममा झापा गाँउपालिका ८ का पुरुष र मोरङको कटहरी गाँउपालिका २ का संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

झापाका पुरुषलाई संक्रमण पुष्टि भएपछि १३ गते अस्पताल भर्ना गरिएको थियो भने कटहरीका पुरुषलाई १२ गते भर्ना गरिएको थियो । दुवै जनामा अक्सिजनको मात्रा कम भएको र सार्स फेर्न समस्या रहेको र उनिहरुलाई आइसियुमा राखेर उपचार गाराइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनीहरुलाई ज्वरो आउने, रुघाखोकी समेत भएको र निगरामीनम राखेर उपचार गर्दा समेत बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

समयमा ध्यान नदिने र निकै सामस्या भएपछि मात्र अस्पताल आउने गरेकाले उपचारमा समस्या आउने गरेको अस्पताललेब ताएको छ । बुधवार राति नै नै तीन घण्टाको फरकमा दुवै संक्रमतिको मृत्यु भएको सो अस्पतलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment