काठमाडौं उपत्यकाका सरकारी र निजी सबै अस्पतालहरु संक्रमितले भरिए

काठमाडौं । संघीय राजधानी काठमाडौंमा पनि संक्रमितको उपचारका लागि बेडको चरम अभाव देखिन थालेको छ ।

संक्रमितको संख्यामा हरेका दिन अकल्पनीयरुपमा वृद्धि हुँदा काठमाडौंमा रहेका सरकारी र निजी सबै अस्पतालले भारत थाम्न नसक्ने अवस्था सिर्जना भएको छ ।

काठमाडौंका कतिपय अस्पतालहरुले संक्रमितको उपचारका लागि बेड नभएको सूचना नै जारी गरेका छन् । सरकारसंगको समन्वयको अभावमा निकै ढिला मात्र संक्रमितको उपचारमा जुटेका निजी अस्पतालहरुमा पनि संक्रमित भरिभराउ हुन थालेका छन् ।

कतिपय निजी अस्पतालमा एउटै बेडमा दुई जनासम्म संक्रमित राखेर उपचार भइरहेको छ । कोरोनाको बढ्दो रफ्तार यही गतिमा कायम रहे काठमाडौं उपत्यका पनि कुनै दिन ‘हटस्पट’ बन्ने खतरा बढ्ेको छ ।

पछिल्लो केही सातादेखि काठमाडौंमा बढेको तथ्यांक अनुरुप तयारी नहुँदा स्थिति भयावह देखिएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कुनै पनि अस्पतालले बेड नभएको जनाए अथवा बेड नपाएको अवस्था सम्पर्क गर्न सार्वजनिक सूचना नै जारी गरेर मोबाइल नम्बर उपलब्ध गराएको छ ।

अहिले बेड अभाव देखिएका अस्पतालहरुसंग पर्याप्त मात्रामा आइसीयु र भेन्टिलेटरको व्यवस्था समेत छैन । त्यसमाथि अक्सिजनको अभाव पनि पेचिलो बन्ने सम्भावना बढेको छ ।

सरकारले कुरा बढी काम गर्दा क्षति कम गर्न सक्ने अवसरहरु समेत गुम्दै छ । यही लापरवाही कायम रहे काठमाडौं उपत्यका भित्र उत्पन्न हुन सक्ने अवस्था विकराल बन्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment