झापामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि


झापा । झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३९ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज १८ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज थपिएका संक्रमितहरुमा बिर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५ रहेका छन् ।

त्यस्तै भद्रपुर, कन्काइ, अर्जुनधारा र शिवसताक्षीमा ३र३ जना संक्रमण भएको छ । बाह्रदशी, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१ जनामा संक्रमण भएको थियो । झापामा बुधबार थप एक कोरोना संक्रमितको निधनसमेत भएको छ । निधन हुनेमा झापा गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment