झापाको भद्रपुरमा दश वर्ष सम्म कोल्डस्टोर निर्माण सम्पन्न भएन

झापा । एउटा कोल्डस्टोर शितभण्डार निर्माण गर्न कति समय लाग्ला ? २ वर्ष, ३ वर्ष वा ५ वर्ष ? यदि तपाईले यस्तो अनुमानगर्नुभएको छ भने तपाईको अनुमान गलत सावित हुनेछ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मा निर्माण शुरु भएको दश वर्ष लाग्दापनि एउटा कोल्डस्टोर निर्माण सम्पन्न भएको छैन् ।

दाताले अनुदानमा आर्थिक सहयोग गरेको सरकारी काम कतिसम्म बिलम्ब हुँदो रहेछ भन्ने गज्जवको एउटा उदाहरण झापाको भद्रपुरमा फेला परेको छ ।

दाताले अनुदानमा आर्थिक सहयोग गरेको सरकारी काम कतिसम्म बिलम्ब हुन्छ भन्ने कुरा झापामा निमार्णधिन शितभण्डारले देखाएको छ ।

समबन्धित कर्मचारी र निर्माण कम्पनकिो खेलाचीका साथै नियमनकारी सरकारी निकायको लाचारीपन सतहमा आएको हो ।नेपाल भारत मैत्री संघको पहलमा भारतीय दुतावासकोे आर्थिक सहयोगमा भद्रपुर नगरपालिकाले २०६७ साल मंसिरबाट १५ महिनामा सम्पन्न गर्ने गरी ४ करोड १३ लाख, ३७ हजार ३ सय ६४ रुपँयाको लागतमा निर्माण शुरु गरेको कोल्ड स्टोर हालसम्म पनि निर्माणधिन अवस्थामै छ ।

तोकिएको समयसिमा भित्र पनि ठेक्का लिने सुनौलो खिम्ती कन्ट्रक्सन काठमाण्डौले काम नगरेपछी दुतावासले गर्ने भनेको आर्थिक सहयोग समेत रोकिदिएको छ ।

आर्थिक सहयोग रोकिएपछी भद्रपुर नगरपालिकाले नै वर्षैपिच्छे लाखौ रुपँया कोल्डस्टोर निर्माणका लागि भन्दै निकासा गर्दै आएपनि कोल्डस्टोर गुणस्तरहिन भएको, समयमा काम नगरी भष्टचार गरेको र ब्यक्तिको जमिनमा सरकारी पैसा खन्याइएको स्थानीयको आरोप छ ।

कोल्ड स्टोर निर्माण सुरु गर्दादेखी नै गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग हुदै आएकाले छानवीन समीति समेत बनाइएको भएपनि गुणस्तर कायम गर्न नसकेको निर्माण पहलकार्ताको भनाई छ । कोल्डस्टोर निर्माणाधिन जमिन ब्यक्तीका नाममा नभइ भद्रपुर कृषक समुहको नाममा रहेको उनिहरुको दाबी छ ।

यता,नगरपालिकाले भने जमिन कसको नाममा छ भन्ने बिषयमा मुख खोलेको छैन । कोल्डस्टोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएकोर त्यसवापतको ३ करोड ७९ लाख ७८ हजार ५ सय ६० रुपँया खर्च भइसकेको दाबी गर्दै गदै आएको छ । तर, उक्त कृषक समुह कुन निकायमा दर्ता गरिएको छ भन्ने आधिकारीक तथ्य भने कसैले दिन मानेका छैनन् ।

त्यस्तै, सुनौलो खिम्ती कन्टकसन काठमाण्डौले कोल्डस्टोर निर्माणको जिम्मा लिएको भनिएपनि पुर्व मेयर मल्लिक र नगरपालिकाका एक इन्जिनियरले उक्त फर्म भाडामा लिएर निर्माण गरेकाले १० वर्षमा समेत निर्माण हुन नसकेको जानकारहरुको बुझाई छ ।

त्यस्तै पुर्व मेयर मल्लिक नै नेपाल भारत मैत्री संघको तात्कालिन सचिव समेत रहेको र गोप्य रुपमा आर्थिक चलखेल गरेको साथै तोकिएको समयमा काम सम्पन्न नगरेकालेमैत्री संघमार्फत झापामा दिइदै आएको आर्थिक सहयोग बन्द गरीएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment