वडाध्यक्षकै घरमा पसल चलाइरहेका व्यवसायीकाे मध्यरातमा भयो हत्या, शंकास्पद दुई जना पक्राउ

सिरहा । गएराति सिरहाको लहान नगरपालिका-२३ गढिया चौकस्थित सुनचाँदी पसल व्यवसायी एक युवकलाई लुटेरा समूहले हत्या गरेका छन् । श्रीमतीसँगै बसिरहेका बेला लुटेरा समूहले गोली हानेर हत्या गरेको बुझिएको छ ।

उनकाे हत्यासँगै श्रीमतीमाथि पनि कुटपिट गरी सुन-चाँदी र नगद पनि लुटपाट गरेका हत्यारा भागेका थिए । घटनाका अनुसन्धान थालेकाे प्रहरीले संकाशपद लागेका दुई जनालाई नियन्त्रणमा लिएकाे छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन कुमार दाहालले थप अनुसन्धान भईरहेकाे बताए । उनका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनी रहेका छन् ।

डिएसपी दाहालका अनुसार हत्या गरिएका युवक सुनचाँदी व्यवसायी प्रदीप मिजार रहेकाे खुलेकाे छ । उनकी श्रीमती अमिता विश्वकर्मा पनि लुटेराहरूकाे कुटपिटबाट घाइते भएकी छन् ।

लुटेराले ती मृतककी श्रीमतीमाथि सांघातिक कुटपिट गरेकाे र मृतक युवककाे जिउभरि धारिलो हतियार प्रहार गरेकाे देखिएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाेली हानेर नै हत्या गरेकाे देखिन्छ । हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा नै सुनचाँदी पसल राखेर व्यवसाय गर्दै आएका थिए ।

लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले मध्यरातमा व्यवसायी दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोजेका थिए । प्रतिकार गर्दा सो समूहले मिजारको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्माको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment