शिवपुरी जंगलमा लागेको आगो नियन्त्रण गर्न हेलिकप्टर मार्फत पानी झारियो

काठमाडौं । शिवपुरी जंगलमा लागेको आगो नियन्त्रण गर्न हेलिकप्टरबाट पानी झारिएको छ । आईतबार बिहानबाट लागेको आगोले ठूलो रुप लिएपछि नियन्त्रणका लागि हेलिकप्टर मार्फत पानी झारिएको हो ।

आगो नियन्त्रणका लागि सिम्रीक एयरको हेलिकप्टर प्रयोग गरिएको प्रहरीले बताएकाे छ । यद्यपि  आगो नियन्त्रणमा भने आइसकेको छैन ।

३ ओटा हेलिकप्टरले पालै पालो गरेर पानी झारिरहेको प्रहरीकाे भनाइ छ । । त्यसका साथै आगो नियन्त्रणका लागि दमकलहरु पनि प्रयोगमा ल्याइएको बताइएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लगि परेका छन् । आगलागीको कारण अहिले सम्म खुलेको छैन । आगलागीबाट ४ सय मिटरभन्दा बढी जंगल नस्ट भएको प्रहरीले जनाएको छ । बस्ती तिर आगो आईपुग्ने स्थानमा दमकल तयारीक साथ राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment