बंगलादेशले भारतसँगको सीमा सिल गर्‍यो

एजेन्सी । बंगलादेशले भारतसँगको सीमा गरेको छ । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि बंगालदेशले भारतसँगको सीमा सिल गरेको हो।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश निषेद गरिएको छ । नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ ।

पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ । सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment