अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल बन्द नगरिने

काठमाडौं । सरकारले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल नराक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने र विदेशबाट आउने सबै यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।

यस्तै बैठकले कोरोना संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको ज। विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।

बैठकमा स्थानीय प्रशासनद्वारा पहाडी तथा हिमाली जिल्लामा २०० र तराई तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि भएको छ ।

काठमाडौं उपत्यकाकामा भने वैशाख १६ गतेदेखि २२ गते सम्म निशेषज्ञा जारी हुने निर्णय भइसकेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment