सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ।  बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।

दोस्रो चरणको कोरोना संक्रमण फैलिएकाले नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट पठन पाठन गराउने निर्णय भएको छ । विद्यालयसँगै होटेल, रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । बैठकले सीसीएमसीको सिफारिसबमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेको छ । जसअन्तर्गत काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment