झापा । झापाको एउटा बाख्रा फार्म र फर्निचर उद्योगमा आगलागी हुँदा १ करोड १५ लाखभन्दा बढीको क्षति भएको छ । गएराती बुद्धशान्ती गाँउपालिका–४ स्थित देवीबस्तीको बाख्रा फार्ममा आगलागी हुँदा आगलागीबाट ४० वटा बोयर जातको बाख्रा जलेर मरेका छन् भने ६५ लाख मूल्य बराबरको क्षति भएको छ ।
टिनको छानो भएको एक तले बाख्रा फर्ममा अचानक आगो फैलिँदा बुद्धशान्ति गाउँपालिका–४ देवीबस्तीका ज्योति विमलीको बाख्रा फार्मका सबै बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार राति साढे १२ बजे सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र विर्तामोड र चन्द्रगढीका दमकलको सहयोगमा पौने तीन बजे नियन्त्रणमा आएको थियो ।
त्यसैगरी भद्रपुर नगरपालिका ७ का यादवराज पोखरेलले सञ्चालन गरेको एपी फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । चट्याङका कारण विद्युत् सर्ट हुँदा आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् ।
0 comments:
Post a Comment