विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु


विराटनगर । कोरोना भाईरस संक्रमणका कारण विराटनगर स्थित कोशी कोभिड- १९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकाका वडा नं ६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जानकारी दिएको छ ।

सास फेर्न समस्या आएको र पीसीआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

पुरानो रोग ‘सुगर’  रहेका  उनलाई ज्वरो रुघा खोकीले सताएको धियो । अक्सिजनको मात्रा कम भएको कारण उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment