इलामको सूर्योदयमा मोटरसाइकल दुर्घटना हुँदा मुस्कानको मृत्यु


इलाम, ११ बैशाखः  इलामको सूर्योदय नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बर्षिय मुस्कान प्रधान रहेका छन् ।शुक्रबार बेलुका ५ बजेको समयमा भञ्ज्याङबाट गोरख तर्फ जाँदै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि फिक्कल अस्पताल पु¥याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment