८ हजार ६६८ को पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ६१८ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ५२५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४८६ जना र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ६१८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ६८ संक्रमित निको भए, ८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ६८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६८ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ९५ हजार ७२५ जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment