नेपालले शानदार जीत सँगै उचाल्यो त्रिकोणात्मक टी–२० सिरिजको उपाधि


इलाम ११ बैशाखः नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको खेल प्रतिस्पर्धामा नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो ।

नेपालले टस हारेर पहिले व्याटीङ गर्दै दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलेले सबै विकेट गुमाएर ९६ रन मात्र बनायो  ।

पहिले ब्याटिङ गरेको नेपालले दुई कुशलको सानदार ब्याटिङले विजयको बाटो देखाएको थियो । कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार व्याटिङ गरेका थिए ।  

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै यो उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका थिए । उनले  ५५ बलको सामना सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलको सामना गर्दै ५० रन बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । 

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।

नेदरल्याण्डको वलिङ तर्फ भने फिलिप बोइसेभैनले ४ ओभरमा ४३ रन दिएर २ विकेट निकालेका थिए ।  आर्का वलर सेबस्टियान ब्राटले २ ओभर मा २ रन दिएर एक विकेट निकालेका थिए ।

२४० रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेदरल्याण्डभो १७.२ ओभरमा सवै विकेट गुमाउँदै ९६ रन मात्र बनाउँन सफल भयो । नेदरल्याण्डका ३ व्याट्समेनले मात्र दोहोरो अंकको स्कोर बनाउन सके । नेदरल्याण्डका तर्फकाट सेबस्टियान ब्राटले सर्वाधिक २६ रन बनाएका थिए । वलिङ तर्फ नेपालका करण केसीले ३ ओभरमा ११ रन दिएर ३ विकेट निकालेका थिए । कमल एरी र सन्दीप लामिछानेले भने समान २÷२ विकेट निकालेका थिए । अभिनास वोहोराले एक विकेट निकालेका थिए । खेलको म्यान अफ दि म्याच भने करण केसी भए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment