पछिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १२ काे मृत्यु, ३ सय ७८ संक्रमित निको भए

काठमाडौं १३ वैशाख। नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ जनाको पीसीआररएन्टिजेन परीक्षण गर्दा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४०० जनाको आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जना र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित निको भए, १२ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ७८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ७८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २९३ जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख १७ हजार ४ १७ जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment