गण्डकी प्रदेश : दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री


पोखरा । दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ मन्त्री बनेका छन् ।

उनलाई केहीबेरमा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको शपथ गराउन लागिएको हो । मुख्यमन्त्री स्रोतका अनुसार उनलाई केहीबेरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् ।

नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment