मुलुकभर ४ हजार ९२८ जना नयाँ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

इलाम, १६ बैशाखः नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६० जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५९७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ८३१ जना र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ९२८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ संक्रमित निको भए, ३५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ८८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५६० जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ८५ हजार ५६५ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment