अक्सिजनको कमी भएपछि पूर्वरानी कोमललाई आईसीयूमा सारियो


काठमाडाैँ । पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ ।

श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उहाँलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment