गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध मतदान गर्न सांसदहरु रिसोर्टमा, को कहाँ ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेशपछि मतदानका लागि राजनीतिक दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् ।

अविश्वास प्रस्तावमा मतदान हुन गइरहेको अवस्थामा फकाइफुलाई गरेर आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीको पक्षमा मतदान नगरुन भन्ने उद्धेश्यका साथ राजनीति दलहरुले सांसदहरुलाई रिसोर्टमा राखेको हो । सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध संसदमा अविश्वास पेश गरिएको छ ।

हाल प्रदेश संसदको दोस्रो बैठक जारी रहेको छ । गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव पेशअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै जसपाका चार सांसदहरु मुख्यमन्त्री शंकर पोखरेललाई पक्षमा साथ दिएका छन् ।

गण्डकीमा पनि यहीँ गतिविधि नदोहोरियोस् भनेर आफ्ना सांसदहरुलाई रिसोर्टमै राखिएको छ ।

कांग्र्ेस र माओवादी एउटै रिसोर्टमा
कांग्रेस र माओवादी केन्द्रका सांसदहरुलाई एउटै रिसोर्टमा राखिएको छ । उनीहरु हा लेकसाइडस्थित कुटी रिसोर्टमा बसेका छन् भने जसपा सांसदहरु भने छुट्टै बसेका छन् ।

गण्डकी प्रदेशसभामा ६० जना सांसदमध्ये अब,मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा ४ पार्टीले एकढिक्का भएर मतदान गर्ने उनको भनाइ छ । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२÷३३ मत पुग्ने दावीसमेत गरे ।

गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद गरि ३२ सांसद रहेका छन् ।

तर, माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउने छै्नन् । त्यसैले अहिलेको अवस्थामा विपक्षी गठबन्धनसँग ३१ मत प्रस्ट देखिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment