गण्डकी प्रदेश संसद अवरुद्ध : कोरोना परीक्षण नगरी बैठक अघि नबढाइने

पोखरा । कोरोना संक्रमण परीक्षण नगरी बैठक बोलाइएको भन्दै सत्तारुढ दल नेकपाका एमालेलका सांसदहरुले गण्डकी प्रदेशको संसद अवरुद्ध गरेका छन् ।

सोमबार अविश्वासको प्रस्ताव विषयमा छलफलका लागि डाकिएको दोस्रो बैठकमा सत्तारुढ दल एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक बोलाइएको भन्दै संसद् अवरुद्ध गरेका हुन् ।

मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध बैशाख २ मा दर्ता भएको थियो । साथै, सोमबार अविश्वास प्रस्ताव प्रदेश सभाको विशेष अधिवेशनमा टेबुल भएर छलफल भइरहेको छ ।

सांसदहरुको पीसीआर परीक्षण नगरिकन बैठक अघि बढाउन नदिने, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा सांसदहरुले संसद बैठक चल्न दिएका छैनन् ।

सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । तर, एमालेका सांसदले अडान छाडेका छैनन् ।

प्रदेश प्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले भनेका छन्। सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए ।

एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सरकारका मन्त्रीबाहेक अरु सांसदले उठेर विरोध गरेका थिए ।

जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध साथ दिने भने पछि नेपाली कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्तासँगै संसदमा पेश पनि भइसकेको छ । गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment