इलाममा चोरीका मोटर साइकल पाक्राउ गर्ने कार्य तिव्र विगत तीन महिनामा २७ मोटरसाइकल पक्राउ



इलाम, १४ वैशाखः जिल्ला प्रहरी कार्यालय इलामले चोरीका मोटरसाईकलहरु खोततलास गरी पक्राउ गर्ने अभियान धमाधम चलाई रहेको छ । इलाम जिल्लाको बिभिन्न ग्रामिण भेगहरुबाट चोरीका मोटरसाईकलहरु प्रहरीले पक्राउ गरेको छ । 

तराईको बिभिन्न जिल्लाबाट चोरी गरी ल्याई इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यो महिना मात्र प्रहरीले निम्न ७ वटा चोरीका  मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने बर्ष २४ को हसाङ मगर र जिल्ला ताप्लेजुङ त्रिबेणी गाँउपालिका २ घर भई  जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने बर्ष १९ को आकाश लिम्बु रहेका छन ।


निजहरुलाई  बैशाख १२ गते माई नगरपालिका ४ सुखानीबाट प्रहरीले चोरीका  मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ गरेको मानिस तथा ६ वटा मोटरसाईकहरुको बिषय थप अनुसन्धान भई रहेको छ । 

हाल  पक्राउ गरीएको मोटरसाईकलहरु धनी  फेला नपरेकोले कोही कसैको भए आवश्यक मोटरसाईकलको कागजात सहित जिल्ला प्रहरी कार्यालय इलाममा सम्पर्क राख्न हुन समेत अनुरोध छ । पक्राउ परेका सातवटा मोटरसाइकलहरु निम्न रहेका छन् । मे ९ प ८७८२, मे११प ७३३७, मे११प ३५५२, मे११प ५२२४,  , मे३प ८६५४, सवारी नम्बर नखुलेको रातो र कालो कलरको, मे११प५०४२  नम्बरका मोटरसाइकलहरु रहेका छन् 

त्यस्तै गरी बिगत ३ महिनामा मात्र प्रहरीले २० वटा चोरीका  मोटरसाईकलहरु पक्राउ गरेको थियो । पक्राउ गरीएका २० वटा मोटरसाईकलहरु मध्ये ११ वटा आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापा पठाईएको छ भने ५ वटा आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पशुपतिनगर इलाम बुझाईएको छ त्यस्तै गरी २ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा दिईएको छ भने २ वटा जिल्ला प्रहरी कार्यालय इलाम राखी अनुसन्धान भई रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment