इलाममा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १२ पुग्यो


इलाम, १४ बैशाखः देशभरी कोरोनाको संक्रमण वढी रहेको वेला इलाममा पनि थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलाममका सूचना अधिकारी विमल बरालका अनुसार आज इलाममा इलाम नगरपालिकाका ५ र सूर्योदय नगरपाकिकाका एक गरी ६ जना कोरोना संक्रमित थपिएका हुन । 

इलाममा अहिले दोस्रो चरणको संक्रमणमा संक्रिमितको संख्या १२ पुगेको छ इलाम नगरपालिकामा १० र सूर्योदय नगरपालिकामा २ जना संक्रमित रहेका छन् । संक्रमित मध्ये एक जना काठमाण्डौँ अस्पतालमा रहेको र अन्य ११ जना होम आइसुलेशनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment