एशियन लाइफको १४ औँ वार्षिक उत्सवको अवसरमा इलामको राहसल बालगृहलाई सहयोग


इलाम, २३ चैत्रः एशियन लाईफ इन्स्युरेन्सले आफ्नो १४ औँ वर्षिक उत्सवको उपलक्षमा इलाम शाखाले इलामको गोलाखर्कमा रहेको राहसल बालगृहलाई सहयोग गरेको छ ।

शाखाको तर्फबाट खान पकाउने भाडाँ र खाध्यन्य सहित पाँचहजार बराबरको सामाग्री हस्तान्तरण गर्नुको साथै शाखा प्रमुख गणेश तिम्सीनाले नगद रु पाँच हजार पाँच रुपयाँ सहयोग गरे भने शाखाकै कर्मचारी सुरेश भट्टराईले बालबालिकालाई स्टेसनरी सामाग्री प्रदान गरेका थिए । 

इलाममा भएका विभिन्न संघ संस्थाले सहयोग गरेर चल्दै आएको संस्थामा दिगो स्रोत खोजेर चलाए राम्रो हुने शाखा प्रमुख तिम्सीनाले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment