नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा विप्लव भट्टराई विजयी


इलाम, २५ चैत्रः देशै भरी भई रहेको पत्रकार महासंघ नेपालको निर्वाचनमा इलाम शाखाको  अध्यक्षमा विप्लव भट्टराई (युवराज) निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त प्यालनलका उम्मेदवार विप्लव भट्टराइले प्रेस सेन्टर नेपालका प्रत्यसी सुजन तिम्सीनालाई हराएका हुन । इलाममा रहेको १७५ सदस्य मध्ये १५५ मत खसेको थियो जस्मा भट्टराईले १०६ मत प्राप्त गरेका थिए भने तिम्सीनाले ४८ मत प्राप्त गरेका थिए । त्यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलकी सुनिता राई र सहसचिवमा प्रेम अधिकारी विजयी भएका छन् । राईले ९६ मत ल्याउँदा उनकी प्रतिद्वन्दी वुद्धमाया सोङमीले ५७ प्राप्त गरेकी थिइन । सहसचिवमा अधिकारीले ८९ मत ल्याउँदा उनका प्रतिद्वन्दी राजेश पराजुलीले ६३ मत प्राप्त गरेका थिए । 

अन्य पदहरुमा भने यस अधिनै सर्वसहमत भई सकेको थियो । सर्वसहमत हुनेहरुमा उपाध्यक्षमा ख्याम भूजेल, सचिवमा भिम चापागाई, सहसचिव समावेसीमा ज्ञानु केदेम लिम्वु, कोषाध्यक्षमा राम योङहाङ, महिला सदस्यमा सुजता सुनुवार, दलित सदस्यमा तिलविक्रम दर्जी, जनाजाती सदस्यमा काकीराम लावती, सदस्यहरुमा गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा, वालकृष्ण वस्नेत, रमेश पराजुली, गोविन्द भट्टराई, किरण पौड्याल र भगिरथ भण्डारी रहेका छन् । त्यसै गरी केन्द्रिय परिषद सदस्यमा प्रभाकर प्रधान, विजयशेखर भट्टराई, शिव मुखिया, राजकुमार दाहाल र सिजन राई रहेका छन् । प्रदेश परिसद सदस्यमा सदस्यहरुमा दिनेश महत, जीवन शर्मा, वेदमायाँ मुखिया, गोविन्द पौडेल, विमल दाहाल, योगेन्द्र शंकर, गोविन्द लामिछाने, रिता राराहाङ, सोम सुनुवार, सरिता राई, सङसेमी माङयुङ, प्रविण सेलिङ रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment