पुस-माघमा पर्नुपर्ने हिउँ बैशाखमा पर्‍याे, पर्यटकलाई सास्ती

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी हिमपात भएको छ । गत सालहरुमा पुस-माघमा पर्ने हिउँ यसपटक बैशाखमा परेको हो । मौसममा उतारचढाव आएपछि सतहत्तर सालमा हिउँ पर्ने आश मारेका मुस्ताङका कृषकलाइ भने केहि राहत अवश्य मिलेको छ । यद्यपि बेमौसमी हिमपातले स्याउबालिलाइ चाही केही असर पुर्‍याउनेमा कृषक चिन्तित छन् ।

मुस्ताङको थासाङ गाउँपालिका लेते आसपासदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म बाक्लो हिमपात भएको छ । केही दिनयता मौसममा बदली भएपछि नियमित वर्षा भैरहेको थियो । तर गएराति  वर्षा भएपश्चात मुस्ताङ जिल्लाभर बेमौसमी हिमपात भएको हो ।

हिजो मात्रै मुक्तिनाथदेखि माथिल्लो क्षेत्रमा आंशिक हिमपात भएपछि आज बिहानबाटै तल्लो सतहसम्म पनि बाक्लो हिमपात भइरहेको हो । अहिले मुस्ताङमा हिमपात भएपछि यहाँको जनजीवन अत्यन्तै कष्टकर भएको छ । मुस्ताङ भित्रएका आन्तरिक पर्यटकहरुलाइ समेत सास्ती भएकाे छ ।

तर पर्यटकहरूलाइ मर्का पर्न नदिन आवश्यक व्यवस्थापन भैसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले बताउनुभयो । मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएपछि आन्तरिक पर्यटकलाइ कागबेनीमै उचित व्यवस्थापन गरिएको बताउँदै उहाँले भन्नुभयो- ‘हामीले हिजो नै मुस्ताङ भित्रlएका पर्यटकहरूलाई कागबेनीमा व्यवस्थापन गरेका छौँ ।’

न्युज२४ नेपालबाट साभार

लेतेदेखि तल भारी वर्षा भएकोले आधा दर्जनभन्दा बढी स्काभेटर र जेसिभिलाइ व्यवस्थापनार्थ तयारी गरिएको समेत भण्डारीले बताउनुभयो । कहीँकतै बाढी-पहिरोले सडक अवरुद्ध नहोस् भन्नका लागि आवश्यक तयारी गरिएको हो ।

हिजोमात्रै मुस्ताङ भित्रिएका पर्यटकलाइ स्वास्थ्यमा समस्या नहोस् भन्नका लागि घासादेखि उपल्लो मुस्ताङ र विशेष गरी जोमसोम, मुक्तिनाथ तथा कागबेनी धाममा प्रहरी जवानहरुलाइ तैनाथ गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको समेत भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment