पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट, कम्तिमा चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फाेट भएको छ । विस्फोटमा कम्तीमा चार जना मारिएको बीबीसीले जनाएको छ ।

विस्फोटमा परी अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा विस्फोट गरिएको हो ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् ।

उक्त विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले आक्रमणको लिएको छ । उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।

विस्फोटपछिको स्थिति दर्शाउने भिडिओ फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन् जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ।

सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment