नारायणी अस्पतालमा २८८ जनाको पीसीआर परीक्षण गर्दा १७५ जनामा कोरोना पुष्टि

माइपाेखरी न्युज बैशाख १७

वीरगञ्ज । पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा २ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै पर्सा जिल्लाका रहेका छन् । पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा मात्र १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये वीरगञ्ज महानगरपालिकाका मात्रै १ सय १९ जना रहेका छन् ।

त्यस्तै, बारा जिल्लाका ३४ जना, महोत्तरीका १ जना, रौतहटका ३ जना, सलार्हीका ५ जना तथा दाङ्ग जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

संक्रमितहरुको उमेर समूह १० वर्षदेखि ७२ वर्षसम्म रहेको छ । उनीहरुको सिटी भ्यालू १४ दशमलव १ देखि ३५ दशमलव २ सम्म रहेको डा. दासले बताए । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि हालसम्म २ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

उक्त परीक्षणमार्फत् १ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताबर घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment