झापाको हल्दीबारी गाउँपालिकाको सेवा तीन दिनका लागि बन्द

माइपाेखरी न्युज बैशाख १७


झापा । झापाको हल्दीबारी गाउँपालिकाको सेवा तीन दिनका लागि बन्द भएको छ।

गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा तीन दिनका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले जानकारी दिए ।

गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेलाई विहीबार संक्रमण पुष्टि भएको थियो । न्यौपानेकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ ।

गाउँपालिकाका अन्य कर्मचारी पनि विरामी भएका छन् । उनीहरुको पीसीआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment