संगीतमा जम्दै इलामे गायक सन्तोष शिवा(भिडियो सहित)

  • गोपाल गिरी 


कन्याम, ३१ चैत । ‘ईन्द्र कमलको फूलमा दाग लाग्ला है’ तिमी सँग जिन्दगीमा ज्यून मात्रै पाए मलाई,’ झन्डै २०वर्ष अगाडि कन्यामका प्राय घरहरुमा गुन्जने एउटा कर्णप्रिय स्वर जो फुल्न र फक्रन नपाउदै कोपिला मै हुरीले उडाए झै गरि एकाएक अलप भयो । स्कुल तथा विभिन्न संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा गीत गाउदा गाउदै विद्यालयका शिक्षक ,शुभेच्छुक साथी भाईको प्रेरणाले २०५६सालमा श्रोता माझ अनुराग एल्बम पस्केर सबैको मनमा छाएका उनै गायक सन्तोष शीवा फेरि संगीतमा फर्किएका छन् ।

ईलामले जन्माएका धेरै संगितकर्मीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाई गीत संगीतको यात्रामा निरन्तर लागिरहेका छन् ।२०५०देखि २०६२सम्मको एउटा काल खण्डलाई नेपाली आधुनिक गीत संगीतको स्वर्णिमकाल मानिएको परिपेक्षमा सन्तोषले पनि संगीत यात्राको क्रममा कन्दरामा छिना हानेर संगीतको मार्ग फराकिलो पार्न सक्ने थिए । 


मानिसको जीवनमा आई पर्ने विवस्ता र वाध्यताहरुले जेले पछि कस्को के लाग्छ र ? रेडियो नेपालमा स्वर परीक्षा उत्रीर्ण गरेका कलाकार भए पनि आई परेको जिम्मेवारीले उनको सांगीतिक पाटो ओझेलिन पुग्यो ।

फलस्वरूप सबैको मानष पटल बाट उनी हराउदै गए व्यापार व्यावसायको शिलशिलामा कन्यामनै छोड्न परे पछि कहाँ होलान् सन्तोष कसैले अत्तोपत्तो पाएनन् भन्न त गीतमै भनेका थिएून तिमीलाई पाउन सक्छु   न तिमीलाई भूल्न सक्छु न चिठी लेख्न सक्छुु।ू गीतमा आफ्नो प्रेमिकालाई भूल्न नसकेका उनलाई पनि संगीत प्रेमीहरुले पनि भूलिहालेका थिएन किनकि स्थानीय स्तरमा खुलेको एफ एम रेडियोहरुले फाट्टफुट्ट उनको गीत बजाउने गरेकै थियोे ।

चुडामणि पौडेलको शब्द रचना तथा आफ्नै स्वर संगीतमा हुरहुरेको चिसो हावाले बोलको गीत रेकर्ड गराई सांगीतिक जीवनमा फर्केका उनलाई एकपछि  अर्को गीत रेकर्ड गराउन भ्याई न भ्याई छ।पेशाले अटो रिक्सा चालक रहेका उनले गीतकार चुडामणि पौडेलको शब्द रचना तथा वरिष्ठ संगीतकार टीका भण्डारीको संगीतमा ‘ए कान्छी देउ न नि माया भिक्षामा घुमाउन लैजान्छु अटो रिक्सामा’ बोलको गीतको म्युजिक भिडियो समेत बजारमा आईसकेको छ ।उक्त म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी तथा बन्दना आचार्य अभिनय देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment