५ हजार २०३ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ५१७ जना संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप ५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २०३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ५ सय १७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५३ संक्रमित निको भए, ४ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार २०३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख २१ हजार ६७० जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment