प्रहरीका ३ सय ६६ इन्सपेक्टरको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)

  काठमाडौं । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ वर्ष २०७८ सालको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीाबट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

 

वर्षैपिच्छे प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरुको सरुवा गर्ने गरेको छ । तर, विभिन्न कारणवश पछिल्लो चार महिनादेखि इन्सपेक्टरहरुको सरुवा गर्न असमर्थ रहेको थियो । हालका इन्सपेक्टरहरु ७ पुष ०७६ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा खटिदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार पहिलो नम्बरमा हेटौँडाबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा अच्युत गिरी सरुवा भएका छन् । अनमोल खड्का प्रहरी प्रधान कार्यालय नक्सालबाट मोरङमा सरुवा भएका छन् । अनिलकुमार पौडेल पथरी मोरङबाट दुबही सुनसरीमा, अनिल थापा महाराजगन्ज काठमाडौंबाट सुर्खेत, अनिल पण्डित नुवाकोटबाट काठमाडौंमा सरुवा भएका छन् ।

यसैगरी सुनसरी दुहवीका इन्सपेक्टर अनिल माबोहाङ झापा, अनिलराज गिरी रुपन्देहीबाट सिन्धुली, अनिश बूढाथोकी प्रहरी प्रधान कार्यालय नक्सालबाट काभ्रेपलाञ्चोक, अनिष भण्डारी कैलालीबाट महानगरीय अपराध महाशाखा टेकुमा सरुवा भएका छन् ।

रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई सरुवा गरिएको छ ।

सरुवा सूची हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment